देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (शनिबार) बाट शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो । मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै बैठक सारिएको थियो । तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन ।