देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, अब मंसिरमा हुने [कार्यतालिकासहित]

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्य समिति बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन असोज १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिरमा गर्ने निर्णय भएको हो ।

यस्तो छ, प्रस्तावित कार्यतालिका

  • गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
  • गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
  • एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
  • प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
  • केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९, १०, ११ र १२ गते)