
गठबन्धन सरकारको एउटा घटक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
शनिबारदेखि शुरु भएको बैठक आज पनि जारी रहने माओवादीले जनाएको छ । केन्द्रीय कमिटीको बैठक अघि स्थायी समिति बैठक पनि बस्न लागेको छ ।
अहिले स्थायी समितिको बैठक जारी रहेको र ११ बजेदेखि केन्द्रीय कमिटीको बैठक शुरु हुने छ ।
पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ ।
उनीहरुले छलफलपछि आज बस्ने बैठकमा सुझावहरु पेश गर्ने केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।
स्थायी समिति बैठकमा पनि अध्यक्ष प्रचण्डको यही प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल हुने बताइएको छ ।





प्रतिक्रिया