देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि सुरु हुँदै

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु हुँदैछ।

राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिनेछ। उक्त प्रतिवदेनमाथि आजैदेखि छलफल सुरु हुने नेता श्रेष्ठले जानकारी दिए। राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय गरेको छ।