देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धार गर्न सभामुख सापकोटाको निर्देशन

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरुको यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

सभामुख सापकोटाले विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन्।