देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् अधिवेशन सोमबार रातिबाट अन्त्य हुँदै

देशान्तर

काठमाडौँ — सरकारले संसदको चालू अधिवेशन सोमबार राति १२ बजेपछि अन्त्य गर्ने गरी सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

सर्वोच्च अदातलले प्रतिनिधि सभा ब्यूँत्याएपछि गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो । सभामुख निकट स्रोतकाअनुसार अधिवेशन अन्त्यको सूचना संसद सचिवालयमा आइसकेको छ । अहिले प्रतिनिधिसभाको बैठकमा सभामुखले अधिवेशन अन्त्यको सूचना दिने तयारी छ ।

संसद् अधिवेशनबारे सभामुखसँग प्रधानमन्त्री र संसदीय मामिलामन्त्रीले सल्लाह गरेका थिए । सभामुखको सचिवालयले तत्काल अधिवेशन अन्त्य गर्नुभन्दा पनि प्रभावकारी रूपमा सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिइएको उल्लेख गरेको छ ।

ुप्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीयय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् अधिवेशन अन्त्यबारे सल्लाह गर्नुभएको थियो ।

सभामुखज्यूले तत्काल संसद अन्त्य गर्नुभन्दा यसलाई बिजनेससहित प्रभावकारी बनाउँदा उपयुक्त हुने धारणा राख्नु भएको थियो, सभामुखको सचिवालयले भन्यो ।