देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालले आफू निकटका जनवर्गीय संगठनलाई सम्बोधन गर्ने

देशान्तर

काठमाडौं – एमालेका वरिष्ठ नेता माधव नेपालले आज आफू निकटका जनवर्गीय संगठनहरूलाई सम्बोधन गर्दैछन् । उनले जुममार्फत् जनवर्गीय संगठनलाई सम्बोधन गर्न लागेका हुन् ।

एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लागेका हुन् । उनको सचिवालयले भने नेता नेपालले राजनीतिक रस्साकस्सी सन्दर्भमा नभई पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ ।

एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणको तयारीमा छन् । नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरूलाई त्यसबारे औपचारिक सम्बोधन गर्न लागेका हुन् ।