देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।