देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् बैठकद्धारा २० प्रतिशतले दल विभाजन गर्न सक्ने अध्यादेश सिफारिस

देशान्तर

काठमाडौँ – सरकारले राजनीतिक दल सम्बन्धी व्यवस्थामा संशोधन गर्नेगरि अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल फुटाउन सक्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । यसअघि उक्त व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान थियो । विद्यमान व्यवस्थामा २० प्रतिशत तल झारेर दल फुटाउन सहज बनाइएको छ ।

नयाँ प्रावधानले एमालेको माधवकुमार नेपाल पक्षलाई दल विभाजन गर्न सहज हुने भएको छ । साथै, दलविहिन हुन पुगेका महन्थ ठाकुर पक्षले पनि नयाँ दल दर्ता गर्ने अवस्था बन्नेछ ।