काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गरेका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले मन्त्रिपरिषदबाट पारित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितलनिवास गएका हुन् ।





प्रतिक्रिया