देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कारबाही रोक्न माग गर्दै माधव पक्षका १४ सांसद पुगे संसद सचिवालय

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका १४ सांसदले आफूहरुलाई कारवाही प्रक्रिया अघि नबढाउन संसद् सचिवालयसहित निर्वाचन आयोगलाई पत्र लेखेका छन् । माधवकुमार नेपाल नेतृत्वमा १४ जना सांसदले ओलीले गरेको कारवाही अवैधानिक भएको दावी गर्दै संसद सचिवालयलाई गुहारेका हुन् ।

‘२०७८-०५-०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले मंगलबार माधव नेपालसहितका १४ जनालाई कारवाही गरिएकोे पत्र संसद सचिवालयमा दर्ता गराएका थिए। सो पत्र आजै सभामुख अग्नि सापकोटा समक्ष पेश गरिएको छ ।