देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल र ठाकुर समूहको दल तत्कालै दर्ता नहुने, प्रक्रिया पूरा गर्न दुई साता लाग्ने

देशान्तर

 नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्ने लगायतका प्रक्रियाका कारण तत्कालै दल दर्ता नहुने भएको हो ।

दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ ।

दल दर्ताको लागि परेको निवेदनमाथि अध्ययन गर्ने काम भने सुरु हुने आयोगको भनाइ छ ।

निर्वाचन आयोगमा बुधबार माधवकुमार नेपाल अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले समाजवादी र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको दल दर्ताका लागि निवेदन दर्ता भएका छन् ।

नयाँ दल दर्ताको लागि प्रस्तावित नाम, चिह्नलगायतका विषय मिल्ने–नमिल्ने हेरेर आयोगले निर्णय लिनेछ । नयाँ दल दर्ताको लागि केन्द्रीय कमिटी कम्तीमा २१ जनाको र कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ ।

यसअघि नेकपाको एकता खारेज गर्दा सर्वोच्च अदालतले दिएको आदेशका कारण माधव नेपाल र ठाकुर पक्षले रोजेको नाम पाउने सम्भावना कम छ ।