देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटघाटमा समसामयिक राजनीति र मन्त्रिपरिषद् बिस्तार एवं सरकार सञ्चालनका बारेमा छलफल भएको प्रधानमन्त्री देउवालको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष नेपाल प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका थिए ।

एमाले विभाजित भएपछि प्रस्तावित एमाले (समाजवादी) का अध्यक्ष नेपाल पहिलोपटक प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन् ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका र साउन ३ गते संसद्‍बाट विश्वासको मत प्राप्त गरेका देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।