देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको अवरुद्धका कारण स्थगित भएको लुम्बिनी प्रदेशसभाको बैठक सोमबार बस्ने

देशान्तर

काठमाडौं – लुम्बिनी प्रदेश सभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । बिहिबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सञ्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले हिजो प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिइने बताए । सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्य तथ्य बुझेर प्रशासनिक प्रकृया सुरु भइसकेको जानकारी दिए ।