काठमाडौं – माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ। बिहीबार सभामुख सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले ९समाजवादी० दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो।
सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए। नेता भट्टराईले अरू दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरूलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए।
उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैरसंवैधानिक, वदनियत र नेकपा एमालेलाई जसरी पनि टुक्रयाउँछु भन्ने नियत रहेको बताए।





प्रतिक्रिया