देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विचारहीनताले पार्टीमा समस्या भयो : घनश्याम भुसाल

देशान्तर

काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसालले विचारहीनता र सिद्धान्तहीनताका कारण पार्टीमा समस्या सुरु भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै नेता भुसालले संगठनात्मक विधि र पद्धतिमा इमानदार हुन नसक्दा विसर्जनतिर गइरहेको बताएका हुन् । उनले फेरि पनि पार्टीमा हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।

उनले भनेका छन्- हाम्रो पार्टीको मुख्य समस्या विचारहीनतारसिद्धान्तहीनताबाट सुरु भएको हो । कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमानदार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदै छौँ । जति धेरै बेइमानी त्यति धेरै सत्यानास १ फेरि पनि हस्तक्षेपको खाँचो छ ।,

यस अघि माधवकुमार नेपाल निकट रहेका नेता भुसालले नेपालको नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा साथ दिएका छैनन् ।