देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाजिर र गृष्माको अभिनयमा ‘तिम्रै लागि’ सार्वजनिक (भिडियोसहित

देशान्तर

काठमाडौँ – संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ।

प्रस्तुत गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउछ। सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ। यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन्।

म्युजिक भिडियो हेर्नको निम्ति तलको युट्युब लिंकमा क्लिक गर्नुहोला।