काठमाडौं – महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० राख्ने भएको छ ।
यस अघि निर्वाचन आयोमा दर्ता गरिएको जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० नाम राख्न नपाउने भएपछि ठाकुर पक्षले आफ्नो दलको नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने भएको हो ।
त्यस्तै ठाकुर पक्षको नयाँ पार्टीमा दुइ वरिष्ठ नेता राख्ने पनि सहमति भएको छ । नयाँ पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने भएका छन् यसअघि बुधबार दल दर्ता गर्दा महतोलाई मात्र वरिष्ठ नेता प्रस्ताव गरिएको थियो ।
ठाकुर पक्षले पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ ।





प्रतिक्रिया