काठमाडौं – माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो।
यसअघि प्रस्तावित नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने देखिएपछि नयाँ नाम प्रस्ताव गरिएको हो। नेपालले ‘एमाले’ र महन्थ ठाकुरले ‘जसपा’ नाम प्रयोग गर्न नपाउने निर्वाचन आयोगले संकेत गरेको थियो।
चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन। नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो।





प्रतिक्रिया