देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेका १४ सांसदलाई कारवाही गर्न मिल्दैन: डा. खिमलाल देवकोटा

देशान्तर

काठमाडौँ- राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले १४ सांसदलाई कारवाही गर्न नमिल्ने टक गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. देवकोटाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि छलफल र निर्णय नभएको बताएका छन् ।

उनले सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसारदलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा पार्टीमा निर्णय हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय भएको छैन । ( सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार ) दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा/पाटीमा हुनुपर्दछ ।

( सर्वोच्च अदालतको हालैको फैसला अनुसार ) धारा ७६(५) को व्याख्याका सन्र्दभमा अगिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रीय हुने भनेको छ ।  ७६(२) प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराईएको छ ।

यतिमात्र हैन संसद विघटन गरिएको छ । स्पस्टीकरण सोधिएका साँसदहरुकै हस्ताक्षरका कारण संसद पुर्नस्थापना भएको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ । यति धेरै घटनाक्रमहरु विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६(२) मा सहयोग नगरेका आधारमा  कारवाही गर भन्न मिल्छ ?

सभामूख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र हैन । आफना साँसदहरुको अभिभावक पनि हुन । तथ्य र प्रमाण बिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामूखले साँसदहरुलाई कारवाही गर्न मिल्दैन/पाउनुहुन्न । कारवाही नै गर्ने हो भने पनि यसको विधी होला । समयसिमा होला । चिठी लेख्ने वित्तिकै किन कारवाही गरिनस/सूचना टाँसिनस भनेर सभामूखमाथि हुलहुज्जत गर्न मिल्छ ?