देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन

देशान्तर

काठमाडौं – चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरू परिवर्तन भएका हुन्। नयाँ निर्णायकमा गायक शम्भुजीत बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्।

निर्णायकमा चुनिएपछि बरिष्ठ संगीतकार एवं गायक शम्भुजीत बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा पुरा भएको बताए। उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी ब्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए।

नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेष्मा घिमिरे पनि जोडिएकी छन्। सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नयाँ निर्णायक टिम चयन गरेको हो।