देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

देशान्तर

काठमाडौं – विश्व जलवायु सम्मेलन (कोप २६)सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।

भेटवार्तामा कोभिड– १९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ । नोभेम्बर १ देखि १२ सम्म कोप– २६ बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।