देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

देशान्तर

काठमाडौं – नेकपा(माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ।

पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए। साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो।

पुसमा गरिने राष्ट्रिय सम्मेलनबारे निर्वाचन निर्देशिका तल्लो तहसम्म पठाउने निर्णय आजको बैठकले लिँदैछ।