देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म अहिलेसम्म एमालेमै छु : वामदेव गौतम

देशान्तर

काठमाडौं – नेता वामदेव गौतमले अहिलेसम्म आफू नेकपा एमालेमै रहेको स्पष्ट पारेका छन् । एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा ९एकीकृत समाजवादी० मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएको भन्दै नेता गौतमको सचिवालयले त्यो झुटो भएको स्पष्ट पारेको हो ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उनको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ गौतमको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘

वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’