देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार

देशान्तर

काठमाडौं – पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियामा २० प्रतिशत पुग्न नदिने रणनीति अनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयोगमा पठाएका थिए।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो।

तर, निर्वाचन आयोगले पार्टी २०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसला अनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता नदिने भएको जनाएको छ।

नेता नेपाल समूहले नयाँ पार्टीको लागि आयोगमा दिएको निवेदनमा ५८ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेका छन् भने ओलीको पक्षमा ८८ जना मात्रै देखिएका छन्।

सरकारले दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्ताको निवेदन दिएका हुन्। आयोगले सनाखतको लागि बुधबार बोलाएको छ। अध्यादेश अनुसार केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशत मात्रै संख्या भए माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाउँछ।