देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रियाशील सदस्यता विवाद टुंगिएकाे दावी, ५ बजे भित्र सभापति देउवालाई बुझाउने तयारी

देशान्तर

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गर्दै आज साँझसम्मा सभापति शेरबहादुर देउवालाई बुझाउने बताइएको छ ।

क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको दावी गरिएको हो ।

पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिका सदस्यहरुले बताएका छन् ।

आइतबार नै सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाउने बताइए पनिे समितिले प्रतिवेदन बुझाएको थिएन । आज साँझ पाँच बजेसम्म सभापतिलाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो ।

यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । कार्यतालिका प्रभावित हुन नदिन भदौ १८ देखि वडाको अधिवेशन गर्नुपर्ने कांग्रेसलाई बाध्यता छ ।