देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालको साथ छाडेका नेताहरू ओलीसँग वार्तामा

देशान्तर

काठमाडौं – नेकपा (एमाले) विभाजित हुँदा नेता माधवकुमार नेपाललाई छाडेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा रहेका छन् । अध्यक्ष ओलीसँग निर्णायक वार्ताका निम्ति दबाब दिन नेताहरू बालकोट पुगेका हुन्।

नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन्।

पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तेस्रो धारको नेताहरूले ओलीलाई मंगलबारसम्मको समय दिएका छन्। तर, ओली पक्षका नेताहरूले सहमति अनुमोदनसहित कार्यान्वयन चरणमा गइसकेको दाबी गर्दै आइरहेका छन्।

विवाद समाधान कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने, १४ सांसदको कारबाही तत्काल फिर्ता हुनुपर्ने र नेता नेपालले दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिनुपर्ने नेताहरूको अडान छ।

ओलीले सहमति कार्यान्वयन नगरे ठूलो विद्रोह हुने नेताहरूले चेतावनी दिएका छन्। नेता नेपालको पार्टीलाई आधिकारिकता दिन बुधबार निर्वाचन आयोगले सनाखत गर्न बोलाएका छ। तर, नेता नेपाल पक्ष छाडेका नेताहरूको प्रस्तावलाई मूर्तरूप दिन ओली अनिच्छुक देखिएका छन्।

ओली पक्षका नेताहरू सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतका नेताहरू एकता जोगाउने प्रयासमा लमगी परेका छन् ।