देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार नै विश्वासको मत लिने

देशान्तर

काठमाडौँ –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबारै विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सोमबार पनि सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।

प्रतिपक्षको निरन्तर अवरोधकैबीच बल प्रयोग गरेरै मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारीमा गरिएको छ ।