काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्रकार सम्मेलन गरिरहेका छन्।
ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टीमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गरीएको बताइएको छ ।
पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गरेका छन्। बैठकमा एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका हुन्।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन्।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ता थिए।
मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन्।
सम्मेलनमा अहिलेसम्म तटस्थ बसेका भीम रावल, सुरेन्द्र पाण्डेलगायत अन्य नौ जना नेता पनि सहभागी छन्।





प्रतिक्रिया