देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले फुटाउन सरकारले अध्यादेश ल्याएको ओलीको आरोप

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताएका हुन् । अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको ओलीको दावी छ ।

‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, उनले भने