देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत सकियो

देशान्तर

काठमाडौँ – प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी  केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोगमा सनाखत सकिएको छ ।

एकीकृत समाजवादीका ५५ जना केन्द्रिय सदस्य र २९ सांसदले सनाखत गरेको बताइएको छ । नेता गंगाधर तुलाधरले दल दर्ताका आवश्यक संख्या पुगेको जानकारी दिएका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणीका १७ जना र १४ जना सांसदले आयोग पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोगले आज ११:३० देखि २ बजेसम्म उपस्थित भएर सनाखत गर्न बोलाएको थियो । सनाखत पछि आजै आयोगले एकीकृत समाजवादीलाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ ।