देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यू– १९ विश्वकप खेल्ने नेपाली युवा क्रिकेट टोली सम्भावना समाप्त

देशान्तर

काठमाडौं – नेपाली टोलीको युवा क्रिकेट विश्वकप खेल्ने सम्भावना सकिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले यू– १९ विश्वकपका लागि अमेरिका, एसिया र इएपी छनोट प्रतियोगिता कोभिड १९ महामारीका कारण रद्ध गरेपछि नेपाली युवा टोलीको विश्वकप खेल्ने सम्भावना सकिएको हो।

आइसिसी विकास कमिटी र आइसिसी बोर्डबाट पारित मापदण्डअनुसार यी तीन क्षेत्रका छनोट प्रतियोगिता हुन नसक्ने आइसिसीले जनाएको छ।

छनोट प्रतियोगिता रद्ध गरेपछि आइसिसीले यू–१९ विश्वकपको छनोटअन्तर्गत यसअघि सम्पन्न भइसकेका पाँच प्रतिस्पर्धाको नतिजालाई आधार मानेर क्यानाडा, संयुक्त अरब इमिरेट्स ९युएई० र पपुवा न्युगिनीलाई अर्को वर्ष हुने पुरुष युवा विश्वकपका लागि छानिएको बताएको छ।