काठमाडौं – नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी कदम चाल्नेको साथ छाडेर क्रान्तिकारी पार्टीमा आउन आह्वान गरेका छन्। नयाँ पार्टी गठनपछि नेपालले पहिलो पटक बिहीबार पत्रकार सम्मेलन गर्दै उनले केपी ओलीको कदमको विरोध गर्दै पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका हुन्।
नेपालले राष्ट्र र देशको जिम्मेवार बोकेर क्रान्तिकारीहरु पार्टी पुनर्गठनमा जुटेको बताएका छन्। उनले देशका क्रान्तिकारी कार्यकर्ताहरु रहेको बताए। ‘एमालेको अत्याचारविरुद्ध लागेका मेचीदेखि महाकालीसम्मका क्रान्तिकारीहरु हाम्रो पार्टीमा छन्।’ उनले भने, ‘ओली समूहमा रहेका धेरै कार्यकर्ता यता आउनेछन्।’
ओली व्यक्तिप्रति समर्पित बनेको तर पार्टी, देश, जनताका निम्ति समर्पित नभएको नेपालले टिप्पणी गरे। उनले जनताबाट निर्वाचित भएका वडा र पालिकाका जनप्रतिनिधि, प्रदेश सांसद र संघीय सांसद सुरक्षित नहुने भएकाले तत्कालिन समयमा पार्टी खोल्न नसकेको धारणा राखे। अध्यादेशले निकास दिने भएकाले अहिले नयाँ पार्टी खोलेको जानकारी गराए।
नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले बुधबार मात्रै दल दर्ताको प्रमाण पत्र पाएका थिए।





प्रतिक्रिया