देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८ गते सबै वडामा अधिवेशन हुनुपर्नेमा पौडेल समूहको जोड

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहका एक नेताले बताए ।