काठमाडौँ – पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शुक्रबार बिहान उनीहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेशगराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष भट्टराई, जयराम तिमिल्सेना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ, अमृत ढकाललगायत छन् ।
सो अवसरमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसलाई थप बलियो बनाउनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवसायका साथसाथै जनताको सेवामा लाग्नसमेत नवप्रवेशीलाई आग्रह गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायत सहभागी थिए ।





प्रतिक्रिया