काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्दै सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । शुक्रबार बिहान निधिले शुपतिनाथ,जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डित हरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिएर कार्यालयको उद्घाटन गरेका हुन् ।
निधिले १४औं महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी काँग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न भएको बताए । उनले आम मतदाता र जनतालाई काँग्रेससँग जोड्न उम्मेदवारी दिन लागेको बताए । काँग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् ।
त्यस्तै काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवाविरुद्ध एक उम्मेदवार बनाउने विषयमा छलफल जारी राखेको छ ।





प्रतिक्रिया