देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकदुई पात खस्दैमा रुखलाई फरक पर्दैन : ओली

देशान्तर

काठमाडौं – नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।

ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन।

निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरेका छन् । एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनको भनाइ छ।

ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे१ एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने रु अरुले मोर्चा कसुन्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’

आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उनको जिकिर छ ।

‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ। त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।

नेपाल समूहप्रति लक्षित गदै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए।

ओलीले भने, ‘पार्टीलाई दुई तिहाईको अवस्थामा बनाइयो। अधिकांश स्थानमा आफ्नो जनप्रतिनिधि बनाइयो। प्रदेश र संघीय सरकार एमालेको सरकार ढाल्न लाग्ने कुलङ्गार नेता पार्टीमा जन्मिए। सूर्य चिन्हलाई धोका दिएकाहरुले नयाँ दलको पुर्जा लिएर हिँडे।’

देश बनाउने अभियान लिएका पार्टीलाई छाडेर नयाँ पुर्जा लिएर घर मालिक बनेको आरोप लगाए। अहिले अलमल गरेर बस्ने समय नभएकाले युवाहरुलाई अलमलमा नपरि पार्टीको काम लाग्न ओलीले निर्देशन दिए। पार्टी फुटेको नभएर केही बिग्रिएका मान्छेहरु चोइटिएर गएको दाबी गरे।