देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

देशान्तर

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ । देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटिसकेको छैन ।

देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वमा नेकपा ९एस० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने देउवा निकट एक नेताले बताए । गएको २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसद्‌मा विश्वासको मत लिएका थिए । तर, मन्त्रिपरिषद्मा विश्वासको मत दिने दल र सांसदहलाई समेट्ने योजना अन्तर्गत देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

सोमबार जनता समाजवादी पार्टीका शीर्ष नेताहसहित सत्तारुढ गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लाग्ने एक नेताले बताए ।