देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भदौ १८ गते वडा अधिवेशन हुन्छ : कांग्रेस महामन्त्री खड्का

देशान्तर

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ देखि पार्टीको वडा अधिवेशन सुरु हुने बताएका छन् । वडा अधिवेशनसँगै महाधिवेशन आरम्भ हुने भन्दै उनले नेता–कार्यकर्तालाई तयारीमा जुट्न आग्रहसमेत गरेका छन् ।

महाधिवेशनका विषयमा अझै पनि भ्रम रहेको जनाउँदै महामन्त्री खड्काले ट्विटरमा लेखेका छन्, ‘अब कहीँ–कतै भ्रम नरहोस् । अन्योल र अलमलमा नपरौँ । भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ ।’

खड्काले थप लेखेका छन्, ‘वडा अधिवेशनसागै नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरू हामी सबै पार्टीको महाधिवेशनरूपी महायज्ञमा जुटौं ।’