देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कसैले धकेल्दा धकेलिने कस्तो नेता ?

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन्।

अध्यक्ष नेपालले शनिबार पार्टी निकट पेशागत महासंघ नेपाल बागमती प्रदेश समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पार्टी विभाजनको बेलामा आफूलाई दोस्रो तहका नेताहरुले अगाडि धकेलेर आफूहरु भागेको बताएका थिए।

‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए‚’ नेपालले भनेका थिए‚ ‘लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन्।’

त्यसकै जवाफमा एमाले उपाध्यक्ष रावलले ट्वीटमा लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो। द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

उनले धकेल्दा धकेलिने व्यक्ति फर्काउन खोज्दा फर्कनुपर्ने तर्क गरेको छ। द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति भए पनि सहमति भइसकेपछि मेलमिलाप गर्नु नै मुख्य कुरा हुने उनको भनाइ छ।

यस्तै, उपाध्यक्ष रावलले कूटनीतिक मर्यादाको सीमा नाघेर भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले सँग भेटेकोमा प्रश्न उठाएका थिए।

गत साता नेपाल आएको चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति विमलेन्द्र निधि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, लोकतान्त्रिक समाजवादीको अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटवार्ता गरेको थिए।