देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्किदै

देशान्तर

काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किदै छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन्। खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए।