देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री शाहीलाई बर्खास्त गर्न मागसहित र्‍याली

देशान्तर

सुर्खेत – बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरीएको छ ।

नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो र्‍याली निकालेका हुन्। एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्यालय घेराउसमेत गरेको थियो।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठन, संस्था र अधिकारकर्मीले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।