देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘मन्त्रिपरिषद् विस्तार सोमबार हुन्छ’

देशान्तर

काठमाडौं । सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माकाअनुसार थप मन्त्रिपरिषद् विस्तार भोलि गर्नेगरी तयारी गरिएको छ । सोमबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेता विश्वकर्माले भने, ‘त्यसका लागि सत्तारुढ गठबन्धनले आवश्यक तयारी गरेको छ ।’

यस्तै सरकारमा जाने निर्णय गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता भवानीप्रसाद खापुङले पनि सोमबार साँझसम्ममा थप मन्त्रिपरिषद् विस्तार हुने शीर्ष नेताहरुबीच सहमति भएको बताए । आफ्नो दलले सरकारमा सहभागी हुने नेताहरुको नाम संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको उल्लेख गर्दै नेता खापुङले भने, ‘उहाँ (नेपाल) ले नाम अन्तिम टुङ्गो लगाउँदै हुनुहुन्छ । भोलि हामी पनि सरकारमा सामेल हुँदैछौँ ।’

एक अर्का नेताले बताएअनुसार एकीकृत समाजवादीको भागमा एक राज्यमन्त्रीसहित ६ मन्त्रालय परेको छ भने जनता समाजवादी पार्टी (जसपा)को भागमा पनि उही अनुपातको मन्त्रालय परेको छ । कुन दललाई कुन मन्त्रालय भन्नेबारे भने सोमबार दिउँसोसम्ममा टुङ्गो लाग्ने तीन नेताको भनाइ छ । ‘दलगत मन्त्रालयको बाँडफाँट भने भइसकेको छ,’ ती नेताले भने, ‘कुन मन्त्रीलाई कुन मन्त्रालय भन्नेबारे भने भोलि दिउँसोसम्ममा टुङ्गो लाग्छ ।’

अहिलेको मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित ३ जना र सत्ता साझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना छन् । यसबाहेक कांग्रेस र माओवादीले समान ४/४ मन्त्रालय पाउनेछन् ।

जसपाले भने उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरेको छ । श्रोतकाअनुसार जसपाको यो मागमा प्रधानमन्त्री देउवाले ‘ग्रीन सिग्नल्’ दिएका छन् ।