देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विवेकशीलको विवाद: अध्यक्ष मिश्र र संयोजक पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक

देशान्तर

काठमाडौं – विवेकशील साझा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीचको बढ्दो ध्रुवीकरणले विवेकशीलको विवाद उत्कर्षमा पुगेको हो ।

पार्टीभित्रको विवाद बढेपछि अध्यक्ष र संयोजकले बेग्ला-बेग्लै केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। अध्यक्ष मिश्रले एकलौटी बिहीबारका केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै संयोजक पाण्डेले पनि बिहीबारकै लागि बैठक आह्वान गरेका छन्।

अध्यक्ष मिश्रले पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय सदस्यहरुलाई इमेल गरेका छन्। त्यस लगत्तै संयोजक पाण्डेले पार्टीको विधान दफा २० ९१०० अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको ब्यहोरासहितको बैठक आह्वान गरेर पत्र काटेका छन्।