देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा १३ सांसद नेकपा एकीकृत समाजवादीमा

देशान्तर

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।

सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन् । त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ । निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो । एमाले उपाध्यक्ष भीम रावलले आफूतिर तान्न सक्ने देखिएपछि मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको स्रोतले जनाएको छ ।