देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झलनाथलाई भेटेर दाहालले लिए स्वास्थ्य अवस्था बारे जानकारी

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनालको निवासमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिदै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेता खनाल सोमबार भारतको नयाँ दिल्लीबाट उपचारपछि काठमाडौँ फर्किएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएर फर्किएका खनाल अहिले आफ्नै निवासमै आराम गरेका छन् ।

नेता खनालको गत साउन २० गते मृगौला प्रत्यारोपण गरिएको थियो । उनी उपचारको लागि गत असार २ गते दिल्लीतर्फ प्रस्थान गरेका थिए ।