हेटौंडा – वागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले आज (बुधबार) बिहान पदबाट राजीनामा दिएका हुन् ।
मंगलबार उनले औपचारिक रुपमा वाग्गती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नव गठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए । उनले भने, ‘मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।’
खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए । खनाल नेकपा (एस) का केन्द्रीय सदस्य समेत हुन् ।





प्रतिक्रिया