देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कल्याण गुरुङले आज कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आज (बुधबार) सभापति पदमा उम्मेदवारी घोषणा गर्दै छन् । त्यसका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उम्मेदवारी घोषण गर्न लागेका हुन् ।कांग्रेसको १४औं महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्ने र आफ्नो अरू टिम भने पछि सार्वजनिक गर्ने बताइएको छ ।

कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।