देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ नहुँने

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो। तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको थियो। उक्त मुद्दासहित सापकोटाविरुद्धको तीन थान मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको बेन्चमा सापकोटाविरुद्धको मुद्दा पहिलो नम्बरमा थियो।