देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले सर्वोच्च अदालतमा

देशान्तर

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, तत्कालीन एमालेमा रहेका १४ सांसद र लुम्बिनीका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै अध्यक्ष ओलीले बुधबार वारेसमार्फत रिट दिएका हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध पनि सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै ओलीले रिट निवेदन दिएका छन् । त्यस्तै नेकपा एसमा रहेका १४ सांसदलाई पनि विपक्षी बनाएर रिट हालिएको छ । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार अहिले रिट दर्ता प्रक्रियामा रहेको छ ।